इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एभर्टनले बराबरी खेले

 चैत ५, २०७९ आइतबार ७:१२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एभर्टनले बराबरी खेलेका छन् । गएराति भएको खेलमा चेल्सी र एभर्टनले २–२ गोलको बराबरी खेलेका हुन् । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले खेलमा दुईपटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा अङ्क बाड्न बाध्य भयो ।

चेल्सीका जोआओ फेलिक्स र काई हाभर्टजले गोल गरे । त्यस्तै एभर्टनका अब्दुलाए डोउकाउरे र इलिस सिम्सले गोल गरे । सबै चार गोल दोस्रो हाफमा भएको थियो । चेल्सी २७ खेलमा ३८ अङ्कका साथ तालिकाको १०औँ तथा एभर्टन २८ खेलमा २६ अङ्कका साथ १५औँ स्थानमा छ ।

गएराति नै भएका अरु खेलमा ब्रेन्टफोर्ड र लेस्टरसिटीले १–१ तथा साउथह्याम्पटन र टोटनह्यामले ३–३ गोलको बराबरी खेलेका छन् । एस्टन भिल्लाले बर्नमाउथलाई ३–० गोलले तथा लिड्स युनाइटेडले उल्भ्सलाई ४–२ गोलले हराएको छ ।

प्रिमियर लिगमा आज एउटा मात्रै खेल हुनेछ । शीर्ष स्थानको आर्सनल र १२औँ स्थानमा रहेको क्रिस्टल प्यालेस बेलुका पौने आठ बजे खेल्दैछन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया