पूर्वी क्षेत्रमा बिहानै वर्षा, अन्य क्षेत्रमा पनि पानी पर्ने सम्भावना

 चैत ५, २०७९ आइतबार ८:१०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पूर्वी क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ । कोशी, बाग्मती र मधेस प्रदेशका पूर्वी क्षेत्रमा पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार लगातार झरी पर्ने भने सम्भावना छैन । पानी रोकिँदै फेरि पर्ने अनुमान छ । अहिले वर्षा भइरहेका ठाउँमा केहीबेर रोकिने तर दिउँसो र बेलुकीपख फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य क्षेत्रमा पनि आज हल्का वर्षाको अनुमान छ ।

काठमाण्डौ र आसपाससहित पहाडी क्षेत्रमा दिउँसो र बेलुका मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । प्रि-मनसुनमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने हुन्छ । केही ठाउँमा असिना पानी समेत पर्छ । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । आउँदो मङ्गलवार बुधवारसम्मकै मौसम यस्तै रहने अनुमान छ । केहीबेर घाम लागे पनि फेरि मौसम बदली हुने मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया