आवश्यक न्यायाधीश नहुँदा सेवाग्राहीलाई समयमै न्याय दिन सकेनाैँ...
चैत १४, २०७९ मंगलबार
खोटाङ - खोटाङको रावाबेसी गाउँपालिकाले लिचीको माउबोट छानेर ट्याग लगाएको छ ।
रावाबेसी गाउँपालिका–१ कुभिन्डेमा लिचीको बेर्ना उत्पादनमा प्रयोग गर्नका लागि स्वस्थ र गुणस्तरीय दाना फल्ने २० बोटलाई माउबोटका रुपमा छानेर ट्याग हालिएको हो ।
करिब अढाइ सय वर्ष अघिदेखि व्यावसायिक रुपमा लिची उत्पादन हुँदै आएको कुभिन्डेमा लिचीको गुणस्तरीय बेर्ना उत्पादन गर्ने र बेर्ना खरिदका नाममा बाहिरिने रकमलाई गाउँमै रोक्ने लक्ष्यका साथ माउबोट छानिएको कृषि शाखा संयोजक मुगाधन राईले बताउनुभयो ।
कुभिन्डेमा लिचीका ठूलाठूला करिब तीन/चार सय बोट छन् । वडा समिति, कृषि प्राविधिक, अगुवा तथा अनुभवी किसानसँगको छलफलबाट १३ किसानको बगानका २० बोटलाई माउबोट छानिएको हो ।
लिचीको माउबोट छनाेटसँगै १३ जना किसानलाई लिचीको दुई हजार बोट कलमी बेर्ना उत्पादनको जिम्मेवारी दिइएको छ । बाहिरबाट खरिद गरेर ल्याइएका कतिपय लिचीको बेर्नाबाट अपेक्षित फल उत्पादन नहुँदा किसान ठगिएकाले गाउँमै कलमी बेर्ना उत्पादनको तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।