अस्ट्रेलियासँगकाे दोस्रो एकदिवसीय क्रिकेटमा भारतको लज्जास्पद हार

 चैत ५, २०७९ आइतबार १७:५२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियासँगको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले लज्जास्पद हार बेहोरेको छ ।

विशाखापटनममा भएको खेलमा अस्ट्रेलियाले भारतलाई १० विकेटले हरायो । भारतले दिएको १ सय १८ रनको लक्ष्य अस्ट्रेलियाले ११ ओभरमा कुनै पनि विकेट नगुमाई भेटायो । अस्ट्रेलियाका लागि मिचेल मार्सले ६६ र ट्रेभिस हेडले ५१ रन बनाए । मार्सले ६ छक्का र ६ चौका प्रहार गरे । योसँगै अस्ट्रेलिया २ पटकसम्म भारतलाई १० विकेटले हराउने पहिलो टिम बनेको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत २६ ओभरमा १ सय १७ रनमा अलआउट भयो । भारतका लागि विराट कोहलीले सर्वाधिक ३१ र अक्षर पटेलले २९ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले ५ तथा सीन एबोटले ३ र नाथन इलिसले २ विकट लिए ।

आजको जितसँगै तीन खेलको शृङ्खला १–१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा पाहुना टोली अस्ट्रेलिया ५ विकेटले पराजित भएको थियो । तेस्रो तथा अन्तिम खेल बुधवार चेन्नईमा हुनेछ ।

भारतले आज बनाएकाे १ सय १७ रनकाे याेगफल एकदिवसीय क्रिकेटमा घरेलु मैदानमा बनेकाे चाैथाै सबैभन्दा कम याेगफल हाे । घरेलु मैदानमा भारतीय टिमकाे सबैभन्दा कम याेगफल सन् १९८६ डिसेम्बरमा बनेकाे थियाे । श्रीलङ्कासँगकाे कानपुरमा भएकाे एकदिवसीय क्रिकेटमा भारतीय टिमले ७८ रन बनाएकाे थियाे । 

यस्तै सन् १९९३ नाेभेम्बर मा अहमदाबादमा वेस्ट इन्डिजसँग भएकाे एकदिवसीय क्रिकेटमा भारतले १ सय रन बनाएकाे थियाे । सन् २०१७ डिसेम्बरमा धर्मशालामा श्रीलङ्कासँगकाे एकदिवसीय क्रिकेटमा भारतले १ सय १२ रन बनाएकाे थियाे ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया