थ्री स्टार क्लब तिलाेत्तमा गाेल्ड कपकाे सेमिफाइनलमा

 चैत ५, २०७९ आइतबार १८:५२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – थ्री स्टार क्लब २२ औैँ तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । 

एन्फा टेक्निकल सेन्टर बुटवलमा भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । थ्री स्टारका लागि लाखेन लिम्बुले गोल गरे । 

थ्री स्टारले फाइनल प्रवेशका लागि अब आउँदो बुधवार सुदूरपश्चिम–११ सँग खेल्नेछ । रुपन्देही जिल्ला फुटबल सङ्घको आयोजनामा भइरहेको प्रतियोगितामा ८ टिमको सहभागिता छ । उपाधि जित्नेले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन् ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया