१७ वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपाल भारतसँग पराजित

 चैत ६, २०७९ सोमबार १७:२९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १७ वर्षमुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा नेपाल भारतसँग पराजित  भएको छ ।

बङ्गलादेशको ढाकामा आज साेमवार भएको खेलमा नेपाल भारतसँग ४–१ गोलले पराजित भएको हो । नेपाल पहिलो हाफमै ३ गोलले पछि परेको थियो । ५४ औँ मिनेटमा नेपालकी वर्षा ओलीले गोल गरेर पुनरागमनको सङ्केत गरे पनि थप एक गोल खाँदै पराजित भयो । भारतका लागि शिल्जी शाजीले ह्याट्रिक र पूजाले १ गाेल गरिन् ।  

नेपालले दोस्रो खेलमा पर्सि बुधवार भुटानसँग, आउँदो आइतवार रुससँग र मङ्गलवार आयोजक बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगितामा आयोजक बङ्गलादेश, नेपाल, भारत, भुटान रुसको सहभागिता छ ।  राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया