आसिफ शेखलाई 'सीएमजे स्पिरिट अफ क्रिकेट' अवार्ड

 चैत ६, २०७९ सोमबार १८:४६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – इङ्ग्ल्यान्डकाे मेरिलेबाेन क्रिकेट क्लब (एमसीसी) ले 'द २०२२ क्रिस्टोफर मार्टिन–जेनकिन्स (सीएमजे) स्पिरिट अफ क्रिकेट अवार्ड' नेपालका विकेटकीपर ब्याटर आसिफ शेखलाई दिने घाेषणा गरेकाे छ । क्रिकेट खेलाडीले देखाएकाे खेल भावनाकाे कदर गर्दै एमसीसीले बर्सेनि याे अवार्ड दिँदै आएकाे छ । 

सन् २०२२ काे फेब्रुअरीमा ओमानमा भएकाे चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत आयरल्यान्डसँगकाे खेलमा देखाएकाे खेल भावनाकाे कदर गर्दै एमसीसीले आसिफलाई अवार्ड दिएकाे हाे । त्यस खेलमा नेपालका कमलसिंह ऐरीले गरेकाे १९ औँ ओभरकाे तेस्राे बलमा स्ट्राइकमा रहेका मार्क आदिरले रन लिने क्रममा नन स्ट्राइकबाट दैडिएका म्याकब्राइन कमलसँग ठाेकिएर लडेका थिए । त्यस अवस्थामा कमलले दिएकाे बलमा आसिफसँग रनआउट गर्ने समय थियाे । तर उनले कलमसँग ठाेकिएर रन लिन ढिलाे भएका कारण म्याकब्राइनलाई रनआउट गरेनन् । 

त्याे खेलकाे भिडियाेलाई लिएर विश्वभर नै चर्चा भएकाे थियाे । आयरल्यान्डका कमेन्टेटर एन्ड्रियु लियाेनार्डले शेयर गरेकाे भिडियाेलाई १४ लाखभन्दा धेरैले हेरिसकेका छन् ।

आसिफको यही खेल भावनालाई लिएर विश्व क्रिकेटकाे सर्वाेच्च निकाय आईसीसीले पनि सन् २०२२ को 'स्पिरिट अफ क्रिकेट' अवार्ड प्रदान गरेकाे थियाे ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया