खुम्बु क्षेत्रमा लेक लागेर एक विदेशी नागरिकको ज्यान गयो

 चैत ७, २०७९ मंगलबार १८:४३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

साेलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका एक विदेशी नागरिकको लेक लागेर ज्यान गएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेपमा स्लोभाकियाका एक पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मौसम प्रतिकूल हुँदा शवको उद्धार तथा पहिचानमा समस्या भएको छ ।

खुम्बु क्षेत्रमा अहिले हिमपात भइरहेको खुम्बु पासाङल्हामु गाउँपालिका ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो । यस क्षेत्रमा सञ्चार सेवासमेत प्रभावित हुँदा समस्या भएकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया