वैदेशिक क्षेत्रका श्रमिक आजदेखि सामाजिक सुरक्षा काेषमा समेटिँदै

 चैत ८, २०७९ बुधबार ७:१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिने भएका छन् । 

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाईसमेत सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा बिस्तार गर्ने कामको आजदेखि सुरुवात गर्न लागिएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो ।

योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका झण्डै २२ लाख नेपाली श्रमिक लाभान्वित हुने अनुमान छ ।

आजदेखि नयाँ श्रम स्वीकृति लिनेलाई कोषमा सूचीकृत हुने व्यवस्था अनिवार्य गरिएको छ । श्रम स्वीकृति लिनेले कोषमा एक महिनाको योगदान रकम जम्मा गर्नुपर्नेछ ।

विदेशमा रहेका श्रमिकले कोषको वेवसाइटबाट सूचीकरण गरी योगदान रकम जम्मा गर्न सक्ने व्यवस्था गरेको उहाँले बताउनुभयो ।

वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेका श्रमिकले कम्तीमा आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात न्यूनतम महिनाको दुई हजार रुपैयाँ कोषमा योगदान गर्न सक्नेछन् । 

सरकारले श्रमिकको आधारभूत पारिश्रमिक महिनाको नौ हजार ३ सय ८५ र महँगी भत्ता महिनाको पाँच हजार ६ सय १५ गरी मासिक न्यूनतम पारिश्रमिक १५ हजार तोकेको छ ।

कोषमा योगदान गर्ने वैदेशिक क्षेत्रमा रहेका श्रमिकले दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र अवकाश एवम् वृद्धावस्था सुरक्षा योजनाबाट विभिन्न सुविधा प्राप्त गर्नेछन् ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया