पुछारकाे खुमलटारले हिमालयन शेर्पालाई हरायाे, पुलिस चाैथाे ...
जेठ १५, २०८० सोमबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकाका चार लोकश्वरमध्ये चोभारको आनन्दादी लाकेश्वरको महास्नानको आज हुँदैछ ।
महास्नानको लागि आज बिहानदेखि नै मूर्तिबाट देवताको प्राण निकालेर कलशमा राख्नको लागि पूजा भइरहेको छ ।
आज बेलुकी मन्दिर परिसरभन्दा पूर्वतिर रहेको दबलीमा मूर्तिलाई राखेर महास्नान गरिनेछ । आज हुने महास्नानको लागि हिजो विभिन्न देवतालाई निमन्त्रणा दिनको लागि विशेष पूजा गरिएको छ ।
आज महास्नान गरेर भोलिदेखि मूर्तिलाई ममर्त संभार गरेर रंगरोगन गरिनेछ । आठ दिनसम्म रंगरोगन गरेर जात्रा गरिने परम्परा छ ।
चोभारमा वैशाख ७ गते खटजात्रा हुनेछ । त्यही दिन नै काठमाण्डौको सेतो मच्छिन्द्रनाथको रथजात्रा पनि सुरु हुनेछ ।
सेतो रथजात्राको लागि जमलमा रहेको तीनधारा पाठशालामा रथ बनाउने काम सुरु भएको छ । हरेक वर्ष घोडेजात्राका दिनदेखि सेतो मच्छिन्द्रनाथको रथ बनाउने गरिन्छ ।
चोभारको आनन्दादी लाकेश्वरको महास्नान भएको १५ दिनपछि ललितपुरको रातो मच्छिन्द्रनाथको पनि महास्नान गरिने चलन छ ।