भक्तपुरको एक क्याफेबाट दुई भारतीय नागरिकसहित १६ जना जुवाडे पक्राउ

 चैत ९, २०७९ बिहिबार ७:५४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भक्तपुरमा दुई जना भारतीय नागरिकसहित १६ जना जुवाडे पक्राउ परेका छन् । मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीको एक क्याफेबाट उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

क्याफेका सञ्चालक दिलीप गिरीसहित टीकाराम गिरी, जितबहादुर विश्वकर्मा, नवराज बोहरा, सन्तोष श्रेष्ठ, कसाङ लामा, शंखबज्र लामा, सन्तोष चौलागाईँ, सुमन खनाल, गोपाल कुईँकेल, कृष्णबहादुर मोक्तान, विक्रम ब्लोन मोक्तान, कृष्ण बुढाथोकी, छवाङ वाईबा, भारत घर भएर कुपण्डोल बस्ने मदन मण्डल र सुनिल कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले जुवाको खालबाट नेपाली २ लाख ४२ हजार तथा भारतीय ४८ हजार ५ सय रुपैयाँ र १६ बुक तास पनि बरामद गरेको छ । उनीहरुलाई थुनामा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया