बिहेको उमेर घटाउने काइदा : माननीय र प्रहरीलाई फाइदै फाइदा !
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।
सामाजिक सञ्जालमार्फत् ताम्राकारप्रति श्रद्धाञ्जली दिँदै उहाँले शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ ।
उहाँले लेख्नु भएको छ : ‘नेपाली रेडियोको इतिहासमा, बिर्सिन नसकिने आवाजको नाम, कृष्णा ताम्राकार । उहाँलाई केही दिनअघि सम्मान गर्ने अवसर जुरेको थियो । उहाँको निधनको खबरले अत्यन्त दुःखी छु, हार्दिक श्रद्धाञ्जली, कृष्णा ताम्राकार । शोकाकुल परिवारजनमा गहिरो समवेदना ।’
रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवम् समाचार वाचिका, वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको गएराति ८६ वर्षको उमेरमा निधन भएको हो । उपचारका क्रममा उहाँको निधन भएको परिवारका सदस्यले बताएका छन् ।
२०१८ सालमा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवन लगायत कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
रेडियो पत्रकारितामा वरिष्ठ रेडियोकर्मी ताम्राकारको योगदान अतुलनीय छ । काभ्रेको बनेपामा जन्मनुभएकी ताम्राकार उज्यालोबाट प्रसारण हुने 'कोरोना क्याप्सुल'को प्रस्तोता समेत हुनुहुन्थ्यो ।
— K P Sharma Oli (@kpsharmaoli) March 24, 2023
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।