वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको अन्त्येष्टि

 चैत १०, २०७९ शुक्रबार ११:४८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको अन्त्येष्टि भएको छ । बिहान पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरिएको हो । ८६ वर्षको उमेरमा ताम्राकारको गएराति न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

२०१८ सालमा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवन लगायत कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

काभ्रेको बनेपामा जन्मिनु भएकी ताम्राकार केही समयअघि उज्यालोबाट प्रसारण हुने कोरोना क्याप्सुलको प्रस्तोता समेत हुनुहुन्थ्यो ।  ताम्राकार चराचुरुङ्गी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियानमा समेत सक्रिय हुनुहुन्थ्यो । उहाँले झण्डै ६० वर्ष रेडियोमा काम गर्नुभयो । रेडियो नेपालबाट २०४९ सालमा अवकाश लिएपछि पनि उहाँ सञ्चारकर्ममै सक्रिय हुनुहुन्थ्यो ।

रेडियो पत्रकारितामा वरिष्ठ रेडियोकर्मी ताम्राकारको योगदान अतुलनीय छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया