तीन लाखभन्दा धेरै परिवारले चर्पी प्रयाेग गर्दैनन्

 चैत १०, २०७९ शुक्रबार १३:७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा तीन लाखभन्दा धेरै परिवारमा चर्पी नभएको पाइएको छ ।

देशका कुल ६६ लाख ६० हजार ८ सय ४१ परिवारमध्ये तीन लाख १ हजार ४ सय ९० परिवार अर्थात् ४ दशमलव ५ प्रतिशतमा अझै शौचालय सुविधाको पहुँच नपुगेको तथ्याङ्क छ ।

आज सार्वजनिक भएको तथ्याङ्क कार्यालयको विवरण अनुसार ९५ दशमलव ५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेका छन् । अहिले ९ दशमलव ८ प्रतिशत परिवारहरुले सार्वजनिक ढलमा जोडिएको फ्लस भएको, ५५ दशमलव १ प्रतिशत परिवारले सेप्टिक ट्याङ्कमा जोडिएको फ्लस भएको, ३० दशमलव १ प्रतिशतले साधारण शौचालय र शून्य दशमलव ५ प्रतिशतले सार्वजनिक शौचालय प्रयोग गर्ने गरेका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया