तथ्याङ्कको गुणस्तर अभिवृद्धि गर्न जरुरी छ : प्रधानमन्त्री

 चैत १०, २०७९ शुक्रबार १३:१०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तथ्याङ्कको गुणस्तर अभिवृद्धि गरी नियमतिरूपमा तथ्याङ्कको आपूर्ति हुने व्यवस्था मिलाउन जरुरी रहेको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय जनगणना २०७८ को औपचारिक घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घ, प्रदेश र पालिकामा उत्पादन हुने सबै विषयका तथ्याङ्कको गुणस्तर अभिवृद्धि गरी नियमितरूपमा तथ्याङ्कको आपूर्ति हुने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले तथ्याङ्क प्रणालीको सुदृढीकरण तथा एकीकृत तथ्याङ्क पद्धतिको निर्माण गर्ने उद्देश्यले भर्खरै सार्वजनिक तथ्याङ्क ऐन २०७९ को कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले जनगणनाबाट उपलब्ध तथ्याङ्कले सुशासनको अभिवृद्धि, दिगो विकास लक्ष्य तथा जनसङ्ख्या विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नेपालले गरेका प्रतिवद्धतालगायत अन्य राष्ट्रिय विकासका लक्ष्यहरूको अनुगमन तथा मूल्याङ्कन र विद्यमान सूचकहरूको प्रगति मापनमा सहयोग पुर्‍याउने बताउनुभयो । उहाँले जनगणनाको तथ्याङ्कबाट सङ्घ, प्रदेश र पालिकामा नीति, योजना र कार्यक्रम बनाउँदा तथ्यमा आधारित निर्णय गर्न सहज हुने बाउनुभयो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया