२३ प्रतिशत नेपाली अझै निरक्षर

 चैत १०, २०७९ शुक्रबार १३:२२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सरकारले सबै नागरिकलाई साक्षर बनाउने नीति लिए पनि २३ प्रतिशत नागरिक अझै निरक्षर रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार साक्षरता दर ७६ दशमलव २ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८३ दशमलव ६ प्रतिशत छ र  महिलाको साक्षरता दर ६९ दशमलव ४ प्रतिशत छ । सहरी क्षेत्रमा ७८ दशमलव ५ प्रतिशत र ग्रामीण क्षेत्रमा ७१ दशमलव ९ प्रतिशत जनसङ्ख्या साक्षर रहेको तथ्याङ्कले देखाएको छ । 

५ वर्ष वा त्योभन्दा बढी उमेरको साक्षरता दर ७६ दशमलव ३ प्रतिशत रहेको छ । कुल जनसङ्ख्याको १९ दशमलव ५ प्रतिशतले कम्तीमा १२ कक्षा पास गरेको तथ्याङ्कले देखाएको छ । कुल साक्षर जनसङ्ख्याको सबैभन्दा बढी २८ दशमलव ७ प्रतिशतले प्राथमिक तह पास गरेका छन् । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया