३१ प्रतिशत परिवारको हर्ताकर्ता महिला

 चैत १०, २०७९ शुक्रबार १३:४५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - देशको कुल परिवारमध्ये ३१ प्रतिशत परिवारको मूली महिला रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालमा अहिले ६६ लाख ६६ हजार ९३७ परिवार छन् । तीमध्ये ३१ दशमलव ५५ प्रतिशत अर्थात् २१ लाख ३ हजार २७८ परिवार महिलाले चलाउने गरेका छन् ।

४५ लाख ६३ हजार ६५९ परिवार अर्थात् ६८ दशमलव ४५ प्रतिशत घर पुरुषले चलाउँछन् । २०६८ मा महिला परिवार मूलीको सङ्ख्या २५ दशमलव ७३ प्रतिशत थियो । 

पहाडी क्षेत्रका धेरै घर महिलाले चलाउने गरेको तथ्याङ्क छ । प्रदेशगत रुपमा गण्डकी प्रदेशका धेरै परिवारमा महिला मूली छन् भने मधेस प्रदेशमा कम परिवारमा मात्रै महिलाको नेतृत्व छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया