सुदूरपश्चिम र कर्णालीमा मेघ गर्जनसहित वर्षा, अन्य क्षेत्रको मौसम सामान्यतया सफा

 चैत ११, २०७९ शनिबार ७:१७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा रातिदेखि नै मेघ गर्जनसहित पानी परिरहेको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण रातिदेखि नै सुदूरपश्चिम र कर्णालीको मौसम बद्ली भएको छ भने केही ठाउँमा पानी परिरहेको मौमसविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिनभरि नै यी दुई प्रदेशको मौसम बद्ली हुने अनुमान छ । पानी भने दिनभरि नपर्ने उहाँले बताउनुभयो ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा गएराति पश्चिमी वायु प्रवेश गरेको थियो । यस्तै, आज अन्य प्रदेशका पहाडी क्षेत्रको मौसम पनि बेलुकीपख बद्ली भइ एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो ।

अहिले सुदूरपश्चिम र कर्णाली बाहेकका प्रदेशको मौसम सामान्यतया सफा छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लागेको छ । 
 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया