४४ आङ्गिक क्याम्पसको नतिजा आयो, १८ वटा आङ्गिक क्याम्पसमा चुनाव हुनै बाँकी

 चैत ११, २०७९ शनिबार ७:३६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयमा अघिल्लो आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ ।

देशभर ६२ आङ्गिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको हो । अझै १८ आङ्गिक क्याम्पसमा चुनाव हुन बाँकी छ । अहिलेसम्म चुनाव भएका आंगिक क्याम्पसमध्ये अनेरास्ववियु १९, नेविसंघ १८, अखिल क्रान्तिकारी चार, जसपा निकट समाजवादी विद्यार्थी युनियन दुई र विद्यार्थी जनमत संघ एक क्याम्पसमा विजयी भएका छन् । 

चुनाव हुन नसकेका केही क्याम्पसमा चुनावी प्रक्रिया सुरु भएको छ ।  काठमाण्डौको नेपाल कमर्श क्याम्पस मीनभवनमा आज चुनाव हुँदैछ । भोलि पोखरा वन क्याम्पसमा, चैत १७ गते आयुर्वेद क्याम्पस र कृषि क्याम्पस चितवनमा र चैत १८ गते धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा चुनाव गर्ने तयारी छ ।

पोखराको पृथ्वीनारायण क्याम्पसको चुनाव अदालतको आदेशका कारण रोकिएको छ । पोखराकै पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, नर्सिङ कलेज, धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा विद्यार्थीको तालाबन्दीका कारण चुनाव रोकिएको छ । काठमाण्डौ उपत्यकाभित्र रत्नराज्यलक्ष्मी, त्रिचन्द्र, अमृत साइन्स, पाटन संयुक्त, विश्वभाषा क्याम्पस, आयुर्वेद क्याम्पसमा पनि ताला लागेको छ ।

स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकाले पहिलो पटक चुनाव तोकिएको मितिले एक महिनाभित्र चुनाव गर्नुपर्ने व्यवस्था गरेको छ । यसकारण अहिले स्थगित भएका क्याम्पसहरूमा आउँदो वैशाख ५ भित्र चुनाव गरिसक्नुपर्छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत ६२ वटा आङ्गिक र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन् ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया