नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ : सभामुख घिमिरे

 चैत १३, २०७९ सोमबार १७:३४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताउनुभएको छ । 

नेपाल नेत्रज्योति सङ्घको ४५ औँ स्थापना दिवसका अवसरमा उहाँले केन्द्र, प्रदेश र पालिकासँगको सहकार्यमा नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सुझाव दिनुभयो । सङ्घले नेपालको दृष्टिविहीनता न्यूनीकरणमा क्रियाशील भूमिका खेलेको तर यसको प्रचारप्रसारसँगै विकासमा थप ध्यान दिन नसकिएको उहाँको भनाइ छ । ‘नेपालमा हुने आँखाको उपचारको ९० प्रतिशत उपचार नेत्रज्योति सङ्घका विभिन्न संस्थामार्फत हुने गर्छ’, उहाँले भन्नुभयो, ‘तर यो विषयको प्रचारप्रसार र विकास जसरी हुनुपर्ने थियो त्याेअनुसार हुन सकेको छैन ।’

सभामुख घिमिरेले सहरीकरण र प्रकृतिमा आइरहेका प्रतिकूल परिवर्तनले आखाँका समस्या बढेको र दृष्टिविहीनता घटाउन सङ्घको भूमिका प्रभावकारी रहेको बताउनुभयो । कार्यक्रममा आँखा उपचारको क्षेत्रमा योगदान पुर्‍याउनेहरूलाई सम्मान पनि गरिएको थियो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया