उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो वसन्ती छठ

 चैत १४, २०७९ मंगलबार ८:२६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - तराई/मधेसमा मनाइने वसन्ती छठ अर्थात् चैती छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकिएको छ ।

षष्ठी तिथिका दिन हिजो निराहार व्रत गरी बेलुका पवित्र जलाशयमा बनाइएको घाटमा गएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका व्रतालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई प्रसाद चढाएर अर्घ्य दिएर व्रत समापन गरेका छन् ।

मिथिला क्षेत्रमा यो पर्व चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन व्रत बसेर विभिन्न विधिका साथ मनाउने गरिन्छ । यसअघि शनिवार चैत शुक्ल चौथी (चतुर्थी) का दिन ‘नहाय–खाय’ अर्थात् नुहाएर शुद्ध खाने विधिबाट पर्व सुरु भएको थियो । पञ्चमी तिथिमा अस्ति व्रतालुले ‘खरना’ विधि गरेका थिए ।

तराई मधेसमा कात्तिक र चैतमा दुई पटक छठ मनाउने गरिन्छ। 
 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया