धर्नास्थल टङ्गाल पुगेर गृहसचिवले भेटे मिटरब्याज पीडितलाई : प्रधानमन्त्रीसँग भेट गराइदिन आग्रह

 चैत १४, २०७९ मंगलबार ११:१३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मिटरब्याजी पीडितहरुले आज बिहानदेखि विराेध प्रदर्शन सुरु गरेका छन् । उनीहरुले काठमाण्डौको टङ्गालमा विराेध प्रदर्शन गरेका छन् ।

खुलामञ्चबाट उनीहरु हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा टङ्गालमा विराेध प्रदर्शन गरेका हुन् । धर्नास्थल टङ्गालमा पुगेका गृह सचिव विनोदप्रकाश सिंहले आन्दोलन र धर्नाको कार्यक्रम तत्काल स्थगन गर्न आग्रह गर्नुभएको छ ।

पीडितलाई न्याय दिलाउन सरकारले कानुनी पहल गरिरहेको पनि आश्वासन दिनुभएको सङ्घर्ष समितिका संयोजक मनोज पासवानले बताउनुभयो । आफूहरुले गृह सचिवसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर पीडा सुनाउन चाहेको र त्यसका लागि पहल गर्न अनुरोध गरेको पनि पासवानले बताउनुभयो ।

यस्तै, टङ्गालमा मिटरब्याज पीडितलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न समस्या नरहेको बताउनुभयो ।

सरकारले आर्थिक अवस्था कमजोर भएकाहरुलाई पहिलो प्राथमिकतामा नराखेसम्म समस्याको समाधान हुन नसक्ने पनि उहाँले बताउनुभयो । सरकारलाई आफ्ना माग सुनाउन महोत्तरीको बर्दिवासदेखि ११ दिन पैदलयात्रा गरेर काठमाण्डौ आएका मिटरब्याज पीडितहरूले गएराति खुलामञ्च अगाडि रात कटाएका थिए । सरकारले पहिले आफूसँग गरेका सम्झौताको पूर्ण कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया