कागतीखेतीबाट वार्षिक २० लाख रूपैयाँ आम्दानी गर्दै माेरङका रुद्रमणि

 चैत १९, २०७९ आइतबार १०:३९:४१ | रासस
unn.prixa.net

तस्बिर : रासस

माेरङ - सूर्योदयसँगै सुरु हुन्छ माेरङका रुद्रमणि न्यौपानेको दैनिकी । पातलो गाउँको बीचमा रहेको उहाँको कागती बगैँचाले गाउँकै सुन्दरता बढाएको छ । उमेरले ४५ वर्ष टेक्नुभएका उहाँले दुई बिघा क्षेत्रफलमा कागती लगाउनु भएकाे छ । 

मोरङको पथरी शनिश्चरे–२ कालापानीमा रहेको पथरी कृषि फार्मबाट सन्तुष्ट हुनुहुन्छ रुद्रमणि । लामो समय विदेशमा परिश्रम गर्नुभएका न्यौपाने आर्थिक अवस्था परिवर्तन नभएपछि चार वर्षअघि कृषि पेसामा फर्कनुभएको थियो । उहाँलाई कागतीले यतिबेला राम्रो प्रतिफल दिन थालेको छ ।

दुई बिघा क्षेत्रफल भाडामा लिएर कागतीखेतीसँगै नगदे बाली गर्दै आउनुभएको छ । यतिबेला उहाँको बगानमा लटरम्मै कागती फुलेका र फलेका छन् ।  बगानमा एक हजार दुई सय कागतीका बोट छन् ।  फार्मले तीन जनालाई रोजगारी दिएको छ । बजारको भाउअनुुसार फल बेच्नुपर्ने हुँदा कागतीको यकिन मूल्य भने छैन । फार्ममा दाना प्रतिगोटा तीन रुपैयाँ र बिरुवा प्रतिगोट ८० रुपैयाँका दरले बिक्री हुँदै आएको छ ।

उहाँ भन्नुहुन्छ,'चार वर्षअघि ३२ लाख रुपैयाँ लगानीमा कागतीखेती सुरुआत गरेँ । अहिले उखु, साग, केराउ, प्याज, लसुनलगायतका नगदे बाली छन् ।' बगानमा वार्षिक सात लाख दाना र १० हजारभन्दा बढीको बिरुवा उत्पादन हुने गरेको छ । कागती र बिरुवाले राम्रो उत्पादन दिन थालेपछि धेरै टाढाका कृषकले पनि खरिद गर्ने गरेका छन् । बिरुवा बिक्रीबाट आठ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । कागतीको दाना र बिरुवाबाट वार्षिक २० लाख रुपैयाँमाथि आम्दानी हुने गरेकोे कृषक न्यौपाने बताउनुहुन्छ ।

कागतीका बोट हुर्किँदै जाँदा क्याङ्गस र फङ्मसजस्ता रोगले निकै सताउने गरेको उहाँले बताउनुभयो । कृषि प्राविधिकिसमेत रहनुभएका न्यौपाने रोगले सताएमा बोटले राम्रो उत्पादन दिन नसक्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ , 'ग्रामीण भेगका यस्ता फार्मले राज्यबाट अनुदान पाउन निकै झन्झट ब्यहोर्नुपरेको छ ।'

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया