ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र र एनआरटी विजयी

 चैत २६, २०७९ आइतबार १७:५२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियाेगितामा मच्छिन्द्र क्लबले सङ्कटा क्लबलाई हराएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले सङ्कटालाई २–१ गोलले हराएको हो । मच्छिन्द्रका विमल घर्तिमगर र हाफिज ओलावालेले गोल गरे । सङ्कटाका मनिष डाँगीले एक गोल फर्काए । जितसँगै मच्छिन्द्र ७ खेलमा ९ अङ्कसहित सातौँ स्थानमा पुगेको छ भने ९ अङ्क नै रहेको सङ्कटा आठौँ स्थानमा छ ।

आजै एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको खेलमा न्युरोड टिम (एनआरटी) ले हिमालयन शेर्पालाई २–१ गोलले हरायो । एनआरटीका लागि रोहन खड्की र जेनिश प्रजापतिले गोल गरे । हिमालयन शेर्पाका खमिल गिल्सनले १४ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाए पनि जिताउन भने सकेनन् । एनआरटीको ६ अङ्क र हिमालयन शेर्पाको ७ अङ्क छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया