ए डिभिजन लिगमा पुलिस क्लबको पहिलो जित

 चैत २७, २०७९ सोमबार १६:४२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियाेगितामा नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा साेमवार भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३–१ गोलले हरायो । पुलिसका लागि बुद्धबल तामाङले दुई र मोसेसले एक गोल गरे । फ्रेन्ड्सका जेब्रिनले एक गोल फर्काए ।

सात खेलमा पहिलो जित निकालेको पुलिस चार अङ्कसहित तालिकाकाे पुछारमै छ । चार अङ्क नै रहेको फ्रेन्ड्स पुछारबाट दोस्रो स्थानमा छ ।

आजै दशरथ रङ्गशालामा भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र चर्च ब्वाइजले गोलरहित बराबरी खेलेका छन् । चर्च ब्वाइज १३ अङ्कसहित तालिकाकाे चौथो र एपीएफ ११ अङ्कसहित पाँचौँ स्थानमा छ ।

तस्बिर : एन्फा

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया