‘ए’ डिभिजन लिग फुटबलमा आज जावलाखेल र आर्मी तथा मच्छिन्द्र र खुमलटार खेल्दै

 चैत २८, २०७९ मंगलबार ९:५०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । 

लिगको आठौँ चरण अन्तर्गत आज एउटा खेल एन्फा कम्प्लेक्स र अर्को खेल च्यासल मैदानमा दिउँसो दुई बजे सुरु हुनेछ । 

एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । जावलाखेल ७ खेलमा १४ अङ्कका साथ दोस्रो स्थानमा छ । आर्मी समान खेलमा ९ अङ्कक साथ आठौँ स्थानमा छ । 

यस्तै, च्यासल मैदानमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र एफसी खुमलटारबीच खेल हुनेछ । 

मच्छिन्द्र ७ खेलमा ९ अङ्कका साथ नवौँ र खुमलटार ७ खेलमा ७ अङ्कका साथ दशौँ स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया