भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
बैतडी – बैतडीका पालिका तहरूले विद्यालय तह समायोजन गरिरहेका छन् । यहाँको पाटन नगरपालिकाले भौगोलिकरुपमा टाढा भएका र विद्यार्थी सङ्ख्याका आधारमा तह समायोजन गरिरहेको छ ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित पाण्डेयका अनुसार नगरका ११ विद्यालयका तह समायोजन गर्ने कार्य भइरहेको छ । वडा नं १ को गरालेकस्थित दुर्गाबताल आधारभूत विद्यालय अब कक्षा ३ सम्म कायम रहने छ । यसअघि त्यस विद्यालयमा कक्षा ५ सम्म अध्ययन–अध्यापन हुँदै आएको थियो । वडा नं १ कै भुवनेश्वरी आधारभूत विद्यालय लदौली पनि कक्षा ३ सम्म कायम रहने छ । यसअघि यहाँ कक्षा ५ सम्म पढाइ हुँदै आएको थियो ।
वडा नं २ को भूमिराज आधारभूत विद्यालय टोटीपोखरी कक्षा ३ सम्म कायम रहने भएको छ । यसअघि त्यस विद्यालयमा कक्षा ५ सम्म पढाइ हँुदै आएको थियो । यस्तै वडा नं ३ को सुकाबैना आधारभूत विद्यालय सुकाबैनालाई कक्षा ३ सम्म कायम गरिएको छ । यसअघि त्यस विद्यालयमा कक्षा ५ सम्म पढाइ हुँदै आएको थियो । वडा नं १० मा रहेको सिद्धसिगास आधारभूत विद्यालय पनाली पनि शिशु कायम रहने प्रमुख पाण्डेयले बताउनुभयो । त्यस विद्यालयमा कक्षा ३ सम्म पढाइ हुने गरेको थियो ।
वडा नं ३ मा रहेको सरस्वती आधारभूत विद्यालय कल्तडीलाई पनि कक्षा ३ सम्म कायम राखिने भएको छ । यसअघि त्यस विद्यालयमा कक्षा ५ सम्म पढाइ हुँदै आएको थियो । वडा नं ५ को उदयदेव आधारभूत विद्यालय धञ्चुली कक्षा ५ सम्म कायम रहने भएको छ । यसअघि त्यस विद्यालयमा कक्षा ८ सम्म पढाइ हँुदै आएको थियो । वडा नं ६ को डाँडाबाग आधारभूत विद्यालय हिरापुरलाई कक्षा ५ सम्म कायम राखिने भएको छ । यसअघि त्यस विद्यालयमा कक्षा ८ सम्म पढाइ हुँदै आएको पाण्डेयले जानकारी दिनुभयो ।
कक्षा ३ सम्म सञ्चालनमा रहेको वडा नं ४ को नागार्जुन सैपाल आधारभूत विद्यालय खोल्सी शिशु कायम रहने भएको छ । यसअघि त्यस विद्यालयमा कक्षा ३ सम्मका पढाइ हुने गरेकामा ११ जनामात्रै विद्यार्थी थिए । वडा नं १ को ज्ञानज्योति आधारभूत विद्यालय गणेशपुर पनि शिशु कायम रहने भएको छ । वडा नं ७ को दानखोलामा रहेको चतुरभुज आधारभूत विद्यालय कक्षा ३ सम्म कायम रहने छ । यसअघि कक्षा ५ सम्म अध्ययन– अध्यापन हँुदै आएको थियो ।
नगरपालिकाले यसअघि कक्षा १ देखि ३ सम्मका विद्यालयमा कम्तीमा ३०, कक्षा १ देखि ५ सम्म पढाइ हुने विद्यालयमा कम्तीमा ६५, कक्षा १ देखि ८ सम्मको विद्यालयमा कम्तीमा एक सय १०, कक्षा १ देखि १० सम्म पढाइ हुने विद्यालयमा कम्तीमा एक सय ७० र कक्षा १ देखि १२ सम्म पढाइ हुने विद्यालयमा कम्तीमा एक सय १० जना विद्यार्थी हुनुपर्ने मापदण्ड थियो । सो मापदण्डमा टेकेर विद्यार्थी सङ्ख्या नभएका विद्यालयको तह समायोजन कार्य भएको हो ।
तह समायोजनसँगै शिक्षक समायोजनबारे पनि छलफल भइरहेको नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिनुभयो । शिशु कायम रहेका विद्यालयमा माथिल्लो तहका सबै शिक्षकको सरुवा गरिने छन् । नगर शिक्षा समितिको निर्णयलाई कार्यपालिकाको बैठकबाट निर्णय गरी कार्यान्वयनको चरणमा लैजाने नगरपालिकाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।