आईपीएल क्रिकेटमा बेङ्लाेरले दिल्लीलाई  २३ रनले हरायो

 वैशाख २, २०८० शनिबार १९:४३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्लाेरले दिल्ली क्यापिटल्सलाई २३ रनले हराएको छ ।

बेङ्लाेरमा १ सय ७५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा नौ विकेट गुमाएर १ सय ५१ रन मात्रै बनायो । उसका लागि मनिष पाण्डेले सर्वाधिक ५० रन बनाए । बेङ्लाेरका विजयकुमारले ३ र मोहम्मद सिराजले २ विकेट लिए।

त्यसपघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली बेङ्लाेरले  २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनायो । उसका लागि विराट कोहलीले सर्वाधिक ५० रन बनाए । दिल्लीका मिचेल मार्स र कुलदीप यादवले समान २/२ विकेट लिए ।

बेङ्लाेर ४ खेलमा ४ अंकसहित सातौँ स्थानमा छ । ५ खेलमा अंक जोड्न नसकेको दिल्ली पुछारमा छ ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया