एसीसी प्रिमियर कपमा हङकङकाे विजयी सुरुवात

 वैशाख ५, २०८० मंगलबार १६:१५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसीसी प्रिमियर कपमा हङकङले विजयी सुरुवात गरेकाे छ । आज मङ्गलवार मुलपानी क्रिकेट मैदानमा भएकाे खेलमा हङकङले सिङ्गापुरलाई ८ विकेटले हरायाे । 

सिङ्गापुरले दिएकाे १ सय ७५ रनकाे लक्ष्य हङकङले ३३ ओभरमा २ विकेट गुमाएर भेटायाे । हङकङका लागि बाबर हयातले नटआउट १ सय ८ र कप्तान निजाकत खानले ५१ रन बनाए । बलिङतर्फ सिङ्गापुरका रमेश कालीमुथु र कप्तान अरित्र दत्तले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेकाे सिङ्गापुर ४२ ओभर १ बलमा १ सय ७४ रन बनाउँदा अलआउट भयाे । सिङ्गापुरका लागि अरित्र दत्तले सर्वाधिक ४९ रन बनाए । बलिङतर्फ हङकङका एहसान खानले ४ र यासिम मुर्तजाले ३ विकेट लिए । 

एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

प्रिमियर कपको समूह 'ए' मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह 'बी' मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । नेपालले तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मूलपानीमा खेल्नेछ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया