सप्तरीबाट १ सय वटा वाकीटकी बरामद
असोज १४, २०८० आइतबार
गुल्मी – गुल्मीकाे रेसुङ्गा नगरपालिकाले तम्घास बजार क्षेत्रमा अव्यवस्थित रूपमा बनाइएका सडक पेटी हटाउन सुरु गरेको छ । नगरपालिकाले सदरमुकाम तम्घास बजार क्षेत्रमा कालोपत्र गर्नका लागि बिहीवारदेखि डोजर प्रयोग गरी सडक मिचेर बनाइएका अव्यवस्थित पेटीलगायतका संरचना हटाउन सुरु गरेको हो ।
नगरपालिकाले केही दिनअघि बजारमा कालोपत्र गर्नका लागि सडक छेउछाउका घरधनीलाई अव्यवस्थित रूपमा बनाइएका सडक पेटी आफैँ हटाउन भनी सार्वजनिक रूपमा 'रेडमार्क' लगाएको थियो । नगरपालिकाले तोकेको समयमा सम्बन्धित घरधनीले अटेर गरेपछि नगरपालिका आफैँले बाध्य भएर डोजर चलाएर अव्यवस्थित सडक पेटी हटाउन सुरु गरेकाे रेसुङ्गाका मेयर खिलध्वज पन्थीले बताउनुभयो ।
नगरपालिकाले अव्यवस्थित सडक पेटी हटाउन थालेपछि कतिपय घरधनीले आफैँ त्यस्ता संरचना भत्काउन सुरु गरेका छन् । बजार क्षेत्रमा साँघुरो सडक र त्यही सडक मिचेर पेटी तथा नाली बनाएपछि हिँडडुल गर्न अप्ठेराे भएकाे थियाे ।
नगरपालिकाले बजार क्षेत्रमा कालोपत्र गर्नका लागि अहिलेलाई ३० फिटको सडक मापदण्ड कायम गरेको मेयर पन्थीले बताउनुभयो । नगरपालिकाले बजार क्षेत्रमा अव्यवस्थित रूपमा रहेका बिजुली, केबल र इन्टरनेटका पोल तथा तारसमेत हटाउन थालेकाे छ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।
निर्मल रजाली
April 20, 2023, 8:11 p.m.सडकको पेटी मात्र नभई छतको थप पनि तथा माथिको साईन बोड पनि हताउन पर्छ।