महाकाली नदीमा बनेको पक्की पुल सञ्चालनमा

 वैशाख १५, २०८० शुक्रबार २०:३०:२५ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

कैलाली – महेन्द्रनगरको महाकाली नदीमा बनेको पक्की पुल सञ्चालनमा आएको छ ।

एक महिनादेखि बन्द रहेको पुल आज शुक्रवारदेखि सञ्चालनमा आएको महाकाली पुल निर्माण कम्पनीका इन्जिनियर किशोरराज पाण्डेले जानकारी दिनुभयो । ‘पुलको दुवैतर्फ पर्खाल निर्माण गर्नुपर्ने भएकाले एक महिना आवतजावत बन्द गरिएको थियो, पर्खाल निर्माण सम्पन्न भएपछि पुल पुनः सञ्चालनमा आएको छ’, उहाँले भन्नुभयो, ‘अब पुल भएर दोधारा चाँदनी सहजरूपमा आवतजावत गर्न सकिन्छ ।’ 

गएको चैतदेखि पुल बन्द भएपछि दोधारा चाँदनीतर्फ आवतजावतमा समस्या भएको थियो । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर लिम्बूले पुल सञ्चालन नहुँदा दोधारा चाँदनी आवतजावत गर्न ठूला–साना गाडी भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । ‘शुक्रवारदेखि पुल सञ्चालनमा आएपछि दोधारा चाँदनी–महेन्द्रनगर आवतजावतमा सहज भएको छ’, उहाँले भन्नुभयो, ‘अब चार पाङ्ग्रे गाडीका लागि भारतीय बाटो जानुपर्ने बाध्यता हटेको छ ।’

महाकाली नदीमा पुल निर्माणको काम सम्पन्न भए पनि पुलको दायाँबाया पोखरी निमार्णको काम भइरहेको पुल योजना कार्यालयले जनाएको छ । पुलको डिजाइनअनुसार दुवैतर्फ छ सय मिटर चौडा र दुई हजार छ सय मिटर लम्बाइका दुई पोखरी निर्माण गर्नुपर्नेछ । 

महाकालीमा निर्माणाधीन पक्की पुल सञ्चालनमा आएपछि दोधारा चाँदनीवासीलाई महेन्द्रनगर सदरमुकाम ओहोरदोहोर गर्न सहज भएको छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया