नेपाल–भारत सीमा नाका आजदेखि ४८ घन्टा बन्द हुने

 वैशाख १९, २०८० मंगलबार १३:१९:४२ | रासस
unn.prixa.net

जमुनाह नाका

रुपन्देही - नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ । रुपन्देही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत बेलहियासहितका सीमा नाका आज बेलुकादेखि बन्द हुने भएका छन् । 

भारतको उत्तर प्रदेश महाराजगञ्जमा बिहीवार पर्सि हुने चुनावलाई लक्षित गरी नेपाल–भारत सीमानाका ४८ घन्टा अगाडिदेखि बन्द गर्न लागिएको हो ।

महाराजगञ्ज जिल्लाको नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन) लाई दृष्टिगत गर्दै रुपन्देहीको बेलहियासहितको नाका मङ्गलवार बेलुका ६ बजेदेखि बन्द गरिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चुनावमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशका सुरक्षा निकायको समन्वय तथा सहमतिमा नाका बन्द गर्न लागिएको हो । चुनावलाई लक्षित गरी मतदान समाप्त नभएसम्म बिहीवार बेलुका ६ बजेसम्म सीमानाका बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिनुभयो । 

सीमा नाका बन्द भए पनि अत्यावश्यक कामका लागि आपसी सहमतिमा नाका खुल्ला गर्न सकिने जनाइएको छ । पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शववाहन, दूध, हरियो तरकारी, भारत हुँदै तेस्रो देशबाट आउने पर्यटकबाहेक अन्यको हकमा आवतजावत बन्द रहने विज्ञप्तिमा उल्लेख छ ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया