‘ए’ डिभिजन लिग : मच्छिन्द्रले थ्री स्टारलाई हरायो, आर्मीसँग चर्च ब्वाइज स्तब्ध

 वैशाख ३०, २०८० शनिबार १७:३०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लबले थ्री स्टार क्लबलाई हराएको छ ।

ललितपुरको च्यासल मैदानमा भएको खेलमा मच्छिन्द्रले थ्री स्टारलाई १–० गोलले हरायो । जितसँगै मच्छिन्द्र २७ अङ्कसहित तेस्रो स्थानमा पुगेको छ । २५ अङ्क रहेको थ्री स्टार चौथो स्थानमा झरेको छ ।

आजै दशरथ रङ्गशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडलाई १–० गोलले हरायो । उसका जिलेस्पीजंग कार्कीले गोल गरे । आर्मी २४ अङ्कसहित पाँचौँ स्थानमा पुगेको छ । ३० अङ्कसहित चर्च ब्वाइज दोस्रो स्थानमा छ । आज चर्च ब्वाइजले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ ।  

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया