ए डिभिजन लिगमा दुवै खेल बराबरीमा सकियाे

 वैशाख ३१, २०८० आइतबार १८:५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज आइतवार भएका दुवै खेल बराबरीमा सकिएकाे छ । 

ललितपुरकाे च्यासल मैदानमा भएको खेलमा जावलाखेल युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबले २–२ गोलको बराबरी खेलका छन् । २ गोलको अग्रता जोगाउन नसक्दा जावलाखेल अङ्क बाड्न बाध्य भयो । जावलाखेलका एनकोटो मोसाबीले ३३ मिनेटमा र हिसुब थपलियाले ७५ मिनेटमा गोल गरेका थिए । तर मनाङका भीषण गुरुङले ८० र सुमित श्रेष्ठले ९० मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याए ।

याे बराबरीसँगै जावलाखेल ३१ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा कायमै छ । २२ अङ्क रहेको मनाङ सातौँ स्थानमा छ ।

यस्तै आजै एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लबले पनि २–२ गोलको बराबरी खेलका छन् ।

याे बराबरीसँगै फ्रेन्ड्स २० अङ्कसहित 'रेलिगेशन जाेन' बाट उठ्न सफल भएको छ । फ्रेन्ड्स ११ औँ स्थानमा छ । एनआरटी २२ अङ्कसहित आठौँ स्थानमा छ ।

१४ वटा टोली सहभागिता लिगको पुछारमा रहेका दुई वटा टोली रेलिगेशन जाेनमा परेर 'बी' डिभिजनमा घटुवा हुनेछन् ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया