भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राेयल च्यालेन्जर्स बेङ्गलाेरले राजस्थान राेयल्सलाई १ सय १२ रनकाे फराकिलाे अन्तरले हराएकाे छ ।
बेङ्गलाेरले दिएकाे १ सय ७२ रनकाे लक्ष्य पछ्याएकाे राजस्थान १० ओभर ३ बलमा ५९ रनमै अलआउट भयाे । राजस्थानका शिमरन हेटमायरले सर्वाधिक ३५ रन बनाए पनि अन्य ब्याटरले राम्राे प्रदर्शन गर्न सकेनन् । राजस्थानका पाँच जना खेलाडीले एक रन पनि जाेड्न सकेनन् । बलिङतर्फ बेङ्गलाेरका वेन पार्नेलले ३ तथा माइकल ब्रेसवेल र करन शर्माले २/२ विकेट लिए ।
यसअघि जयपुरमा टस जितेर ब्याटिङ गरेकाे बेङ्गलाेरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनायाे । बेङ्गलाेरका फाफ डु प्लेसिसले ५५, ग्लेन म्याक्सवेलले ५४ र अनुज रावतले नटआउट २९ रन बनाए । बलिङतर्फ राजस्थानका एडम जम्पा र केएम आसिफले २/२ विकेट लिए ।
याे जितसँगै बेङ्गलाेर १२ खेलमा १२ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा उक्लिएकाे छ । बेङ्गलाेरकाे प्लेअफ सम्भावना कायमै छ । १३ खेलमा १२ अङ्क भएकाे राजस्थान छैटाैँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।