आईपीएल क्रिकेटमा शीर्ष स्थानको गुजरात प्लेअफमा : हैदराबाद ३४ रनले पराजित

 जेठ २, २०८० मंगलबार ६:१६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स प्लेअफमा पुगेको छ ।

गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई ३४ रनले हराउँदै गुजरात प्लेअफमा पुग्ने पहिलो टोली समेत बनेको छ । गुजरातको घरेलु मैदान अहमदाबादमा गुजरातले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रन बनायो । उसका हेनरिच क्लासेनले सर्वाधिक ६४ रन बनाए । त्यस्तै भुवनेश्वर कुमारले २७ रन जोडे । हैदराबादका अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

गुजरातका मोहम्मद शामी र मोहित शर्माले समान ४/४ विकेट लिए । यस दयालले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । उसका शुभमन गिलले १ सय १ रनको शतकीय पारी खेले । त्यस्तै साई सुदर्शनले ४७ रन जोडे ।

हैदराबादका भुवनेश्वर कुमारले ५ विकेट लिए । जितसँगै गुजरात १३ खेलमा १८ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ । हैदराबाद १२ खेलमा आठ अङ्कका साथ तालिकाको नवौँ स्थानमा छ ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया