‘ए’ डिभिजन लिग : फ्रेन्ड्सले सातदोबाटोलाई हरायो, मनाङ र चर्च ब्वाइजले बराबरी खेले

 जेठ ११, २०८० बिहिबार १७:४७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रेलिगेशनको जोखिममा रहेको फ्रेन्ड्स क्लबले उपाधि दाबेदार मानिएको सातदोबाटो युथ क्लबलाई हराएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा फ्रेन्ड्सले सातदोबाटोलाई ४–० गोलले हरायो । फ्रेन्ड्सको जितमा टोरिक जेब्रिनले दुई तथा राफिक अमिनु र प्रकाश बुढाथोकी एक/एक गोल गरे । सातदोबाटो २९ अङ्कसहित चौथो स्थानमा छ भने फ्रेन्ड्स २४ अङ्कसहित १२ औँ स्थानमा छ ।

आजै ललितपुरको च्यासल मैदानमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेलेका छन् । मनाङ र चर्च ब्वाइजले गोलरहित बराबरी खेलेका हुन् । चर्च ब्वाइज ३८ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ । मनाङ २५ अङ्कसहित ११ औँ स्थानमा कायमै छ ।

१४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया