आईपीएल क्रिकेटको फाइनल पुग्न आज मुम्बई र गुजरात खेल्दै

 जेठ १२, २०८० शुक्रबार १०:४०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्स खेल्दैछन् ।

खेल अहमदाबादमा बेलुका पौने ८ बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । मुम्बई पाँच पटकको च्याम्पियन हो भने गुजरात साविक विजेता टोली हो । यसअघि पहिलो क्वालिफायरमा गुजरातलाई हराएको चेन्नई सुपर किङ्ग्स फाइनलमा पुगिसकेको छ ।

फाइनल खेल पर्सि आइतवार हुनेछ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया