आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशिप जित्ने टिमले १६ लाख डलर पुरस्कार पाउने

 जेठ १२, २०८० शुक्रबार १६:२५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्व टेस्ट च्याम्पियनशिपका लागि पुरस्कार रकमकाे घाेषणा गरेकाे छ । आईसीसीका अनुसार टेस्ट च्याम्पियनशिप २०२१–२३ का लागि ९ टिमलाई ३८ लाख डलर दिइनेछ । 

विश्व टेस्ट च्याम्पियनशिपकाे फाइनल लन्डनकाे ओभल मैदानमा अस्ट्रेलिया र भारतबीच हुँदैछ । फाइनल खेल आउँदाे जुन ७ देखि ११ सम्म हुनेछ ।

फाइनल जित्ने टिमले १६ लाख डलर (२१ कराेड रुपैयाँभन्दा धेरै) पाउनेछ भने उपविजेताले ८ लाख डलर पाउनेछ । यस्तै वर्ल्ड टेस्ट च्याम्पियनशिपकाे वरीयतामा तेस्राे स्थानमा रहेकाे दक्षिण अफ्रिकाले ४ लाख ५० हजार डलर पाउनेछ । 

वरीयताकाे चाैथाे स्थानमा रहेकाे इङ्ग्ल्यान्डले ३ लाख ५० हजार डलर र पाँचाैँ स्थानमा रहेकाे श्रीलङ्काले २ लाख डलर पाउनेछ ।

यस्तै न्युजिल्यान्ड (६), पाकिस्तान (७), वेस्ट इन्डिज (८) र बङ्गलादेश (९) ले १/१ लाख डलर पाउनेछन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया