पुलिसले पुछारकाे खुमलटारलाई हरायाे

 जेठ १२, २०८० शुक्रबार १८:६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले एफसी खुमलटारलाई हराएकाे छ ।

आज शुक्रवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा पुलिसले खुमलटारलाई २–० गाेलले हरायाे । पुलिसका लागि भरत शाह र मोहमद आसिकले गाेल गरे । 

याे जितसँगै पुलिस छैटाैँ स्थानमा उक्लिएकाे छ । पुलिसकाे २१ खेलमा २८ अङ्क छ । खुमलटार उति नै खेलमा २१ अङ्कसहित तालिकाकाे पुछारमा छ । खुमलटार 'रेलिगेशन जाेन' मा कायमै छ ।

१४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली 'रेलिगेशन जाेन' मा परेर 'बी' डिभिजनमा घटुवा हुनेछन् ।

अन्तिम अपडेट: जेठ १४, २०८०

तपाईको प्रतिक्रिया