ए डिभिजन लिगमा आज तीन खेल, मछिन्द्र र चर्च ब्वाइज शीर्ष स्थानको प्रतिस्पर्धामा

 जेठ १३, २०८० शनिबार ९:१८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज ३ वटा खेल हुँदैछन् । दिउँसो २ बजे दशरथ रंगशालामा जावलाखेल युथ क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबले खेल्नेछन् ।

जावलाखेल ३४ अंकसहित तेस्रो र एपीएफ २६ अंकसहित आठौँ स्थानमा छ । यस्तै, ललितपुरको च्यासल मैदानमा दिउँसो ३ बजे मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबले खेल्दैछन् । मछिन्द्र ३५ अंकसहित दोस्रो र आर्मी २९ अंकसहित चौथो स्थानमा छ ।

आजै बेलुका ६ बजे दशरथ रंगशालामा चर्च ब्वाइज युनाइटेडले संकटा क्लबसँग खेल्नेछ । चर्च ब्वाइज ३८ अंकसहित शीर्ष स्थानमा छ भने संकटा रेलिगेशन क्षेत्रमै छ । १४ टोली सहभागि ए डिभिजन लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर बी डिभिजनमा घटुवा हुनेछन् । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया