‘ए’ डिभिजन लिगमा एपीएफले जावलाखेललाई हरायाे

 जेठ १३, २०८० शनिबार १६:३७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले जावलाखेल युथ क्लबलाई हराएको छ ।

आज दशरथ रङ्गशालामा भएको पहिलो खेलमा एपीएफले जावलाखेललाई २–० गोलले हराएको हो । एपीएफको जितमा अर्मान्ड बिडोम र आभाष लामिछानेले एक/एक गोल गरे ।

बिडोमले खेलको २३औँ मिनेटमा र लामिछानेले पहिलो हाफको इन्जुरी समयमा गोल गरे । खेलको ८६औँ मिनेटमा मैदानभित्र झगडा भएपछि एपीएफ र जावलाखेल दुवै टोली १० खेलाडीमा समेटिएका थिए ।

जितसँगै एपीएफको २२ खेलमा २९ अङ्क भएको छ । समान खेलमा जावलाखेलको ३४ अङ्क छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया