एसिया कप क्रिकेटका लागि पाकिस्तानको हाइब्रिड मोडललाई अनुमोदन गर्ने एसीसीको तयारी

 जेठ २८, २०८० आइतबार १०:३९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसिया कप क्रिकेटका लागि पाकिस्तानले अघि सारेको हाइब्रिड मोडललाई एसियाली क्रिकेट काउन्सिल एसीसीले अनुमोदन गर्ने तयारी गरेको छ ।

भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले भारतले खेल्ने खेलहरु पाकिस्तान बाहिर खेल्ने गरी हाइब्रिड मोडल अघि सारेको छ । यो मोडलमा एसीसीले सहमति दिने सम्भावना रहेको क्रिकेट सम्बन्धी अनलाइन क्रिक इन्फोले जनाएको छ ।

पीसीबीले भारतले खेल्ने खेल तटस्थ मैदानमा खेल्न पाउने जनाएको छ । तटस्थ मैदानमा हुने खेल आफ्नो मैदानमा गर्ने श्रीलङ्काले जनाएको छ । एसिया कपका ४ वटा खेल भारतले पाकिस्तानको भूमि बाहिर खेल्ने सम्भावना छ, भारत फाइनलमा पुग्यो भने पाँच वटा खेल पाकिस्तान बाहिर हुनेछन् । तर भारतले भने हाइब्रिड मोडललाई अझै स्वीकृति दिएको छैन ।

भारतले पाकिस्तानमा हुने एसिया कप बहिष्कार गरेमा आफूहरु पनि भारतमा हुने एकदिवसीय विश्व कपमा सहभागी नहुने पाकिस्तानले चेतावनी दिइसकेको छ । यदि पाकिस्तानले अहिले अघि सारेको हाइब्रिड मोडलमा भारतले सहमति जनाएमा आउँदो नोभेम्बरमा हुने विश्व कपमा पाकिस्तानको भारत यात्रा पनि सहज बन्नेछ ।

एसिया कप क्रिकेट आउँदो सेप्टेम्बरमा हुनेछ । नेपाल पनि एसिया कप क्रिकेटमा छनोट भएको छ । नेपाल, भारत, पाकिस्तान, बङ्लादेश, श्रीलङ्का र अफगानिस्तान गरी ६ वटा टोलीले एसिया कप खेल्नेछन् । नेपाल रहेको समूहमा भारत र पाकिस्तान रहेका छन् । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया