आईसीसी एक दिवसीय विश्व कप छनोट : वेस्टइन्डिज विजयी, अमेरिका पराजित

 असार ४, २०८० सोमबार ७:१२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वेस्टइन्डिज आईसीसी एकदिवसीय विश्व कप छनोटमा ३९ रनले विजयी भएको छ । वेस्टइन्डिजले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको अमेरिका ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५८ रनमा समेटियो । अमेरिकाका गजानन्द सिंहले १ सय १ रनको शतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन्  ।

यस्तै, अमेरिकाका लागि शयान जहानजिंगरले ३९, नोस्तुश केन्जिगेले ३४,  आरोन जोन्सले २३, स्टिभ टेलरले १८ र सुशान्त मोदानीले १४ रन बनाए । वेस्टइन्डिजका लागि कायल मेयर्स र अल्जारी जोशेफले दुई–दुई विकेट लिए भने रोस्टन चस र जेसन होल्डरले एक – एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज ४९ ओभर ३ बलमा २ सय ९७ रन बनाएको थियो । वेस्टइन्डिजका जोनसन चार्ल्सले सर्वाधिक ६६ रन बनाए ।

यस्तै, जेसन होल्डरले ५६, रोस्टन चसले  ५५, शाई होपले ५४ र  निकोलस पुरनले ४३ रन बनाए । अमेरिकाका सौरभ नेत्रवालकर, कायल फिलिप्स र स्टेभन टेलरले ३–३ विकेट लिए । नोस्तुश केन्जिगेले एक विकेट लिए । अमेरिकाले नेपालसँग भोलि खेल्नेछ भने वेस्टइन्डिजले आउँदो बिहीवार खेल्नेछ ।

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया