यस्ताे छ नेपाल र अमेरिकाबीचकाे पछिल्लाे ६ खेलकाे नतिजा

 असार ५, २०८० मंगलबार ९:३५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप छनाेटमा नेपालले आज (मङ्गलवार) अमेरिकासँग खेल्दैछ । नेपाल र अमेरिकाबीचकाे खेल नेपाली समयअनुसार दिउँसाे पाैने १ बजे हरारेकाे टाकासिंगा स्पाेर्ट्स क्लबमा हुनेछ ।

नेपाल र अमेरिकाबीच अहिलेसम्म ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल भएको छ । जसमा नेपाल तीन खेलमा विजयी, दुई खेलमा पराजित र एक खेलमा बराबरी भएकाे छ ।

आईसीसी विश्व कप लिग–२ अन्तर्गत सन् २०२० मा घरेलु मैदानमा भएकाे दुवै खेलमा नेपालले अमेरिकालाई हराएकाे थियाे । नेपाल पहिलाे खेलमा ३५ रन र दाेस्राे खेलमा ८ विकेटले विजयी भएकाे थियाे ।

यस्तै सन् २०२१ मा ओमानमा नेपाल र अमेरिकाबीच दुई वटा खेल भएकाे थियाे । जसमा नेपाल र अमेरिकाले १/१ वटा खेल जितेका थिए । पहिलाे खेलमा नेपाल ५ विकेटले विजयी भएकाे थियाे भने दाेस्राे खेलमा अमेरिका ६ विकेटले विजयी भएकाे थियाे । 

यस्तै सन् २०२२ मा अमेरिकामा नेपाल र घरेलु टाेलीबीच दुई वटा खेल भएकाे थियाे । पहिलाे खेल बराबरीमा सकिएकाेमा दाेस्राे खेलमा अमेरिका ३९ रनले विजयी भएकाे थियाे ।

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया