जिम्बावेले नेदरल्याण्ड्सलाई ६ विकेटले हरायो, तालिकाको शीर्ष स्थानमा

 असार ५, २०८० मंगलबार १९:५९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्व कप छनोट प्रतियोगिता अन्तर्गत जिम्बावेले नेदरल्याण्ड्सलाई  ६ विकेटले हराएको छ ।

नेदरल्याण्ड्सले दिएको  ३ सय १६ रनको विशाल लक्ष्य जिम्बावेले ४० ओभर पाँच बलमा चार विकेट गुमाएर भेट्टायाे । उसका लागि सिकन्दर राजाले नटआउट १ सय ४ रन बनाए । 

यस्तै, सिन विलियम्सले ९१ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको  नेदरल्याण्ड्सका लागि विक्रमजित सिंहले ८८ र स्कट इडवार्डले ८३ रन बनाए । जिम्बावेका सिकन्दर राजाले ४ विकेट लिए। लगातार दोस्रो जितसँगै जिम्बावे ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया