काभा पुरुष भलिबलमा नेपालकाे लगातार छैटाैँ हार

 असार १०, २०८० आइतबार १७:४२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – किर्गिस्तानमा भइरहेकाे सेन्ट्रल एसियन भलिबल (काभा) पुरुष भलिबल नेसन्स लिग प्रतियोगिताको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । 

बिस्केककाे स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आज आइतवार भएको खेलमा उज्वेकिस्तानले नेपाललाई ३–० को सोझो सेटमा हराएकाे हो । उज्वेकिस्तानले नेपाललाई पहिलो सेटमा २५–२१, दोस्रो सेटमा २५–२२ र तेस्रो सेटमा २५–२३ ले हरायाे ।

प्रतियोगितामा नेपालको यो लगातार छैटौँ हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग पराजित भएको थियो । यस्तै तेस्रो खेलमा इरान, चौथो खेलमा तुर्किमिनिस्तान र पाँचौँ खेलमा आयोजक किर्गिस्तानको 'बी' टोलीसँग पराजित भएको थियो ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया