प्रहरीको सहयोगमा काठमाण्डाैकाे फोहोर विसर्जन गर्न सुरु

 साउन ६, २०८० शनिबार ७:१४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले प्रहरीको सुरक्षामा फोहोर विसर्जन गर्न थालेको छ । हिजो एक सय ५२ वटा गाडीले बञ्चरेडाँडामा फोहोर विसर्जन गरेको र आज पनि काठमाण्डौमा थुप्रिएको फोहोर व्यवस्थापन हुने महानगरपालिकाले जनाएको छ ।

नुवाकोटको सिसडलका बासिन्दाले फोहोर विसर्जन गर्न अवरोध गरेपछि महानगरपालिकाले प्रहरी सुरक्षामा बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहोर पुर्‍याउन थालेको हो । फोहोरका कारण दुर्गन्ध फैलिएको भन्दै स्थानीयबासिन्दाले गएको १ गतेदेखि फोहोर फाल्न अवरोध गर्दै आएका छन् । फोहोर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने स्थानीयबासिन्दाको माग पूरा गर्ने मौखिक सहमति भैसकेको छ । तर सहमति कार्यान्वयन नभएको भन्दै ल्याण्डफिल्ड साइट नजिकका स्थानीयबासिन्दा आन्दोलनमै छन् ।

फोहोरको ढुवानी सहज नहुँदासम्म घरमै व्यवस्थापन गर्न महानगरपालिकाले अनुरोध गर्दै आएको छ । नियमित फोहोर नउठ्दा काठमाण्डौका मुख्य सडकमा फोहोर थुप्रिन थालेको छ । तर हिजोदेखि प्रहरीको सुरक्षामा फोहोर बोकेका गाडी ल्याण्डफिल्ड साइट पुग्न थालेपछि सडकमा थुप्रिएका फोहोर केही दिनमै उठाइसक्ने महानगरपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया