सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु

 असोज ४, २०८० बिहीबार १९:३०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु भएको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ तथा शिक्षक महासङ्घका प्रतिनिधिबीच गृह मन्त्रालयमा वार्ता भइरहेको हो ।

वार्तामा विभिन्न मन्त्रालयका सचिव पनि रहेका छन् । यस्तै शिक्षक महासङ्घको तर्फबाट महासङ्घकी अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका प्रतिनिधि सहभागी छन् ।

यसअघि आज बिहान पनि गृह मन्त्रालयमा वार्ता भएको थियो । तर निष्कर्ष निस्किएको थिएन । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक आन्दोलन छाड्न आग्रह गरे पनि शिक्षकहरूले माग पूरा नभएसम्म आन्दोलन नछाड्ने अडान लिएका छन् ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया