एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै - सरकार र आन्दोलनरत शिक्षकबीच आज औपचारिक वार्ता हुँदैछ । वार्ता बिहान ९ बजेपछि गृह मन्त्रालयमा हुने तयारी छ ।
विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै अस्ति बुधवारदेखि शिक्षकहरु आन्दोलनमा छन् । यसअघि हिजो पनि आन्दोनरत शिक्षकहरुसँग छलफल भएको थियो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घसँग सकारात्मक छलफल भइरहेकाले आजै सहमतिको प्रयास गर्ने जानकारी दिनुभयो ।
शिक्षकहरुको आन्दोलनका कारण आज पनि देशभरका धेरैजसो सामुदायिक विद्यालय बन्द हुने भएका छन् । हिजो पनि विद्यार्थीको पठनपाठन प्रभावित भएको थियो । विद्यालय बन्द गरेरै आन्दोलन गरेका शिक्षकलाई पठनपाठन नरोक्न चौतर्फी दबाब बढिरहेको छ । तर उनीहरुले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनमा रहने बताएका छन् ।
शिक्षकहरुले राहत, करार लगायतका अस्थायी दरबन्दीमा कार्यरत शिक्षकहरुलाई स्थायी गर्नुपर्ने, विद्यालयमा कर्मचारीहरुको दरबन्दी कायम गरी स्थायित्वको प्रक्रियामा लानुपर्ने र प्रारम्भिक बाल शिक्षालाई विद्यालय संरचना अन्तर्गत ल्याउनुपर्ने माग गरेका छन् ।
त्यस्तै, शिक्षकहरुको आवधिक बढुवा हुनुपर्ने, योग्य शिक्षकलाई माथिल्लो तहमा पद समायोजन गरिनुपर्ने, निजामती सेवामा जस्तै विशिष्ट श्रेणी तोकिनुपर्ने र ग्रेड तथा तलबको विभेद हटाइनुपर्ने, प्रधानाध्यापकको नियुक्ति पालिकाबाट नभइ शिक्षा आयोगमार्फत् नै गरिनुपर्ने लगायतका माग राखेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।